एस्पेरान्तो व्याकरण – Gramatiko de Esperanto

(क) अक्षर

Aa आ, Bb बो, Cc त्सो, Ĉĉ चो, Dd दो, Ee ए, Ff फो, Gg गो, Ĝĝ जो, Hh हो, Ĥĥ खो, Ii इ, Jj यो, Ĵĵ झो, Kk को, Ll लो, Mm मो, Nn नो, Oo ओ , Pp पो, Rr रो, Ss सो, Ŝŝशो, Tt तो, Uu ऊ, Ŭŭ वो, Vv भो, Zz ज्जो

उच्चारण : यसमा स्वरहरू a, e, i, o, u हुन् । जस्तो कि : bar (बार), ber (बेर) bir (बीर), bor (बोर), bur (बूर)

(ख) नियम

१. यसमा अनिश्चितता बुझाउने उपपद (अंग्रेजीमा indefinitive article) हुँदैन, यसमा एउटा मात्र निश्चितता बुझाउने उपपद (la) हुन्छ , जुन सबै लिङ्ग, कारक र वचनमा एकै किसिमले लाग्छ ।

२. संज्ञावाचकहरू ओकारान्त -o हुन्छन् । यसमा बहुबचन बनाउन -j (य्) जोडिन्छ । यसमा जम्मा दुइटा मात्र कारक हुन्छन् : कर्ता कारक र कर्म कारक । यसमा दोस्रो बनाउन पहिलोमा -n (न्) थपिन्छ । अन्य कारकहरू नामयोगी राखेर अभिव्यक्त गरिन्छन् (जस्तै सम्वन्धकारक de, सम्प्रदानकारक al, अपादन कारक per आदि) ।

३. विशेषणहरू आकारान्त (a) हुन्छन् । कारक र बचन संज्ञावाचकमा जस्तै हुन्छन् । pli भन्ने शब्द प्रयोग गरेर तुलनात्मक विशेषण बनाइन्छन् र plej राखेर उत्कृष्ट जनाउने विशेषण बनाइन्छ । तुलनात्मक विशेषण बनाउँदा olसंयोजक राखिन्छ ।

४. सामान्य संख्या यस प्रकार छन् : unu (उनु) du (दु) tri (त्रि), kvar (क्भार) kvin (क्भीन), ses (सेस), sep (सेप) ok (ओक), naŭ (नाव), dek (देक), cent (त्सेन्त), mil (मिल) । दश, सय, हजारभन्दा बढीको संख्या क्रमशः संख्याहरू सँगै राखेर बनाइन्छ (जस्तै, १२ dek du, २० dudek, ९९ naŭdek naŭ, १९९९ mil naŭcent naŭdek naŭ). क्रमसूचक संख्या बनाउन पछाडि a थप्ने (जस्तै unu+a= unua, प्रथम), गुणा बुझाउन obl थप्ने (जस्तै du + obl+a= duobla, दोब्बर), भिन्नात्मक बुझाउन on थप्ने (जस्तै kvar+on+o=kvarono, चौथाई), सामूहिक बुझाउन op थप्ने (जस्तै du+op+o =duopo, जोडा), विभाजन बुझाउन po नामयोगी प्रयोग गर्ने (जस्तै po unu glaso ,हरेकले एक गिलास) । संज्ञावाचक र क्रियाविशेषणवाचक संख्याहरू पनि प्रयोग गर्न सकिन्छ ।

५. व्यक्तिबाचक सर्वनाम : mi (म), vi (तिमी), li (ऊ), ŝi (उनी), ĝi (यो, वस्तु वा जनावरलाई), si (ऊ आफैँ), ni (हामी), ili (तिनीहरू), oni (अमुक) । सम्बन्धवाचक a राखेर बनाइन्छ । प्रत्यक्ष रूप विधान वा प्रत्यय जोड्ने तरिका संज्ञावाचकमा जस्तो हुन्छ ।

६. क्रिया व्यक्ति वा बचन अनुसार परिवर्तन हुँदैन । क्रियाको रूप : वर्तमानले -as अन्त लिन्छ, भूतले -is, भविष्यले -os, प्रतिबन्धात्मकले -us, आज्ञार्थकले -u, सामान्य रुपले -i । कृदन्तहरू (विशेषण जनाउने वा क्रियाविशेषण जनाउने) : कतृवाच्य वर्तमान -ant, कतृवाच्य भूत -int, कतृवाच्य भविष्य -ont । कर्मवाच्य वर्तमान -at, कर्मवाच्य भूत -it, कर्मवाच्य भविष्य -ot । कर्मवाच्य बनाउन esti क्रियाको सम्बन्धित काल बनाइन्छ र आवश्यक क्रियामा कर्मवाच्य कृदन्‍त थपिन्छ । कर्मवाच्यमा आउने नामयोगी de हो । जस्तै– La domo estas konstruata de mi, त्यो घर मबाट बनाइँदै छ ।

७. क्रियाविशेषणहरू एकारान्त (e) हुन्छन् । तुलनाका लागि विशेषणमा जस्तै गरिन्छ ।

८. सबै नामयोगीहरूले कर्ता कारकलाई शासन गर्दछ ।

९. हरेक शब्द जसरी लेखिन्छ, त्यसरी उच्चारण गरिन्छ ।

१०. स्वराघात जहिले पनि अन्तिम भन्दा अगाडिको अक्षरमा लाग्छ ।

११. समास दुइटा शब्दहरूलाई सँगै राखेर बनाइन्छ (मुख्य शब्द अन्तिममा हुन्छ) । व्याकरणीय शब्दावलीहरू पनि स्वतन्त्र शब्दहरू सरह हुन्छन् ।

१२. अर्को अकरण शब्द उपस्थित भएमा ne हटाइन्छ ।

१३. दिशा, तर्फ देखाउन शब्दले कर्मकारक रूप लिन्छ ।

१४. हरेक नामयोगीको पूर्ण र स्थायी अर्थ हुन्छ तर यदि उक्त नामयोगीले जुन अर्थ दिनु पर्ने हो त्यो दिएन भने हामी je नामयोगी प्रयोग गर्छौ । je को सट्टामा हामी नामयोगी नराखी कर्मकारक पनि प्रयोग गर्न सक्छौँ ।

१५. आगन्तुक भनिने शब्दहरू, अथवा ती शब्दहरू जुन एक स्रोतबाट धेरै भाषाहरूले लिएका छन्, तिनीहरू एस्पोरान्तोमा वर्णविन्यासमा बाहेक परिवर्तन हुँदैनन् तर एकै मूलबाट आएका विभिन्न शब्दहरूको सवालमा भने मूल शब्द मात्र जस्ताको तस्तै प्रयोग गरी अरू एस्पेरान्तो भाषाको नियमानुसार प्रयोग गर्नु पर्छ ।

१६. संज्ञावाचकको र उपपदको अन्तिम स्वर कहिलेकाहीँ हटाएर (') चिह्नमात्र पनि राख्‍न सकिन्छ ।

(ग) पूर्वसर्ग र परसर्ग

bo- ~ विवाहबाट बन्ने सम्बन्ध : bopatro, ससुरा

dis- ~ वितरण, छरिने अर्थमा : disdoni, वितरण गर्नु

ek- ~ शुरु, छोटो क्रिया : ekkrii एकै छिन कराउनु

eks- ~ भूतपूर्व : eksprezidanto पूर्व अध्यक्ष

fi- ~ नराम्रो लाग्ने : fifama, कुख्यात

ge- ~ स्त्री पुरुष सँगै : gepatroj, आमाबुबा

mal- ~ अकरण : malfacila, कठिन

mis- ~ गलत : misuzi, दुरुपयोग गर्नु

re- ~ पुन : resendi, फर्काउनु

-aĉ ~ होच्याउने : herbaĉo, झार

-ad ~ कार्यको निरन्तरता : ridado, हाँसीरहने काम

-aĵ ~ ठोस विचार वा बस्तु : manĝaĵo : खानेकुरा

-an ~ बासिन्दा, सदस्य, अङ्ग : nepalano, नेपाली

-ar ~ समूह : arbaro जङ्गल

-ebla ~ सम्भाव्यता : manĝebla खाद्य

-ec ~ अमूर्त गुण : beleco सुन्दरता

-eg ~ विशालता : dentego दाह्रा

-ej ~ विशेष कार्यमा प्रयोग हुने ठाउँ : lernejo विद्यालय

-em ~ इच्छा भएको : manĝema खन्चुवा

-er ~ सङ्ग्रहको एक अंश : monero सिक्का

-estr ~ प्रमुख : urbestro नगरप्रमुख

-et ~ सानो बुझाउने : rideti मुस्काउनु

-id ~ सन्तान : kokido चल्ला

-ig ~ कसैलाई गराउनु : trinkigi पिलाउनु

-iĝ ~ हुनु : riĉiĝi धनी हुनु

-il ~ साधन : flugilo पखेटा

-in ~ स्त्रीवाचक : virino महिला

-ind ~ लायकको : mirinda आश्चर्यजनक

-ing ~ कसेर समात्ने गरी राख्‍ने भाँडो : cigaringo सिगार राख्‍ने पाइप

-ism ~ वाद : komunismo साम्यवाद

-ist ~ पेशा वा शोख भएको : kantisto गायक

-obl ~ गुणा : dekobla दश गुणा

-on ~ भिन्नात्मक : duona आधा

-op ~ सामूहिक संख्या : dekopa दशवटा सँगै

-uj ~ भाँडो : laktujo दूध राख्‍ने भाँडो

-ul ~ गुण अनुसारको मानिस : dikulo मोटो मानिस

-um ~ सामान्य अर्थ दिने परसर्ग : literumo, हिज्जे

साथै -ĉjo र -njo पनि परसर्ग हुन् जसलाई कसैको नाम प्यारो गरी बोलाउँदा प्रयोग गरिन्छ ।